ज्योतिष पण्डित चेतनारायण लामिछाने

Expertise: 11

Experience: 11

Language: Hindi/ nepali/sanskrit

About ज्योतिष पण्डित चेतनारायण लामिछाने

सानै उमेरदेखि गुरुकुलमा रहेर अध्ययन चेतनारायण लामिछानेले पशुपति राममन्दिरमा रहेको गुरुकुल भागवत संयास आश्रमको प्रारम्भिक अध्ययन पूरा गर्दै सिमन्तेश्वर संस्कृत महाविद्यालय वाराणसीबाट पूर्वमध्यमा, त्रिडण्डी वेद संस्कृत उच्च माध्यमिक विद्यालय अयोध्याबाट उत्तरमध्यमा, नेपाल संस्कृत विश्वविद्यालयकाे एकवर्षे शिक्षा शास्त्री (B.Ed), शास्त्री, वाल्मिीकि विद्यापीठबाट आचार्य गर्दै त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट स्नातकोत्तर (M.A.) सम्मको शिक्षा पुरा गर्नुभएका ज्योतिष / पण्डितसँग विभिन्न वैदिक यज्ञ, अनुष्ठान, भागवत पुराण आदिको उत्कृष्ट ज्ञान छ । वेद व्याकरण कर्मकाण्ड ज्योतिष आदि विषयका प्रशिक्षणहरू चलाएको अनुभव छ। नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित पुस्तकहरूको पुनःसम्पादन अनुभव समेत रहेको छ। विभिन्न आध्यात्मिक कविता रचना गरी नेपाली साहित्यका क्षेत्रमा समेत उहाँले योगदान दिनुभएको छ। मुक्तिनाथ संदेशको सम्पादक समेत रहनु भएको उहाँ विभिन्न सञ्चारमाध्यम सहित पत्रपत्रिकाको लागि काम गर्दै आउनुभएको छ । उहाँसँग स्वदेश तथा विदेशमा उत्कृष्ट परामर्श दिएको अनुभव छ । हाल वहाँ सनातन सेवामा मुख्य ज्योतिषीको रूपमा अबध हुनुहुन्छ। विगत २० वर्षदेखि विभिन्न गुरुकुल एवं विद्यालयहरूमा वेद, व्याकरण, कर्मकाण्ड, भागवत, ज्योतिष आदि विषय अध्यापन गराइरहनुभएको छ र हाल महर्षि वेदव्यास सँस्कृत गुरुकुल दमौली, तनहुँमा स्थायी शिक्षक एवं प्रधानाध्यापकको रूपमा कार्यरत हुनुहुन्छ। 

Ratings(1)

(Astrologer Rating List)

rating|reveiws

Astro Life

1 month ago

User rating

img