Home/ Blog /Aarati
Aarati

गणेशजीको आरति

Astrology
25 Aug 2024 1 min read

।।  श्रीगणेशाय नम: ।।    

श्रीगणेशजीको आरती 

जय गणेश जय गणेश जय गणेश देव ।

माता जसकी पार्वती, पिता महादेव ।।

एकदन्त दयावन्त चार भुजाधारी ।

शिरभरि सिन्दुर लाउने, मुसाको सवारी ।।जय०।।

अन्धालाई आँखा दिने, कोढीलाई काया ।

बाँझीलाई पुत्र दिने, निर्धनलाई माया ।।जय०।।

हार चढ्छ फल चढ्छ, अनि चढ्छ मेवा ।

लड्डूको त भोग लगाई, सन्त गर्छन् सेवा ।।जय०।।

दुःखीलाई  सुख दिने शम्भुका हौ छोरा ।

ईच्छा पूरा गरिदिन्छौ सबै मनका कुरा ।।जय०।।

Share

You may also be interested in